असक्षम भन्दै कम्पनीबाट निकालिएका थिए स्टिभ जब्स, एप्पलका १० रोचक तथ्यहरु

१९ श्रावण २०७५

banner

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी एप्पल बिहीबार १ ट्रिलियन (१० खर्ब) डलर बजार मूल्य भएको कम्पनी बन्यो । यो स्थानमा पुग्ने एप्पल अमेरिकाको पहिलो र संसारको दोस्रो कम्पनी हो । चीनको कम्पनी पेट्रोचाइनाले गतवर्ष यो उचाइ हासिल गरिसकेको छ । बिहीबार एप्पलको शेयर मूल्य २०७.०५ डलर पुग्यो । एप्पल विगत ७ वर्षदेखि संसारको नम्बर १ कम्पनीको रुपमा स्थापित छ । यसवर्षको जूनसम्मको त्रैमासिकमा  एप्पलको रेभेन्यू १७ प्रतिशतले बढेको छ र खुद नाफा ३२ प्रतिशतले बढेको छ । २१ वर्ष पहिले कम्पनीको एक शेयरको मूल्य मात्रै १ डलर थियो । आउनुहोस् जानौं एप्पलसम्बनधी १० रोचक तथ्यहरु । 

१. एप्पल कम्पनीको सुरुवात स्टिभ जब्स र स्टिभ वोजानिकले गरेका थिए । यो कम्पनीका संस्थापकमा तेस्रो व्यक्ति रोनाल्ड वेन पनि थिए । उनले १९७६ मा कम्पनी सुरु भएको १२ दिनमै आफ्नो भागको १० प्रतिशत शेयर मात्रै ८ सय डलरमा बेचेका थिए । यदि उनले त्यो शेयर नबेचेको भए आज त्यो शेयरको मूल्य सय १ खर्ब डलर हुन्थ्यो । 

२. एप्पलको पहिलो उत्पादन एप्पल–१ कम्प्युटर थियो । तर यो कम्प्युटरमा न स्क्रिन थियो न कीबोर्ड थियो । मानिसहरु आफ्नो आवश्यकताको हिसाबले यसमा काठमो कीबोर्ड प्रयोग गर्थे । 

३. एप्पलले १९८४ मा आफ्नो कम्प्युटर म्याकिन्टोश लन्च गरेको थियो । यसको विज्ञापन टिभीमा देखाइएको थियो । यो एप्पलले आफ्नो कुनै पनि उत्पादनको विज्ञापन टिभीमा देखाएको पहिलो पटक थियो । यो विज्ञापन त्यतिबेला लामो समयसम्म सर्वोत्कृष्ट विज्ञापन मानिएको थियो । 

४. म्याकिन्टोश बजारमा पूरै फेल भयो । त्यसपछि स्टिभ जब्सलाई कम्पनीको बोर्डबाट हटाइयो । यसका साथै उनलाई सानो अफिस दिइयो । यो अफिसलाई स्टिभले साइबेरिया नाम दिएका थिए । पछि स्टिभ जब्सले आफ्नो ८५ हजार शेयर मात्रै १४ डलरमा बेचिदिए र कम्पनी छोडिदिए । यसका साथै अर्का संस्थापक स्टिभ वोजानिकले समेत कम्पनी छोडिदिए । 

५. एप्पल छोडेपछि स्टिभ जब्सले एक नयाँ कम्पनी नेक्स्ट सुरु गरे । १९९६ मा एप्पलले स्टिभ जब्सलाई फिर्ता ल्याउनको लागि उनको कम्पनी ४२७ मिलियन डलरमा किन्यो । स्टिभ जब्स त्यतिबेला नेक्स्ट अपरेटिङ सिस्टममा काम गरिरहेका थिए । एप्पलमा आएपछि यही अपरेटिङ सिस्टमको नाम म्याक एक्स भयो । सन् २००० मा स्टिभ जब्सलाई कम्पनीको सिइओ बनाइयो । 

६. स्टिभ जब्स कम्पनीका सिइओ भए पनि एप्पलका उत्पादनहरु आइफोन, आइप्याड, आइम्याकको डिजाइनको पछाडि जोनाथन पल आइभको दिमाग थियो । जोनाथल एप्पलका चिफ डिजाइनर थिए साथै उनी लण्डनको रोयल कलेज अफ आर्टका कुलपति समेत थिए । पछि जोनाथनलाई २०१२ मा बकिंघम राजदरबारमा नाइट कमाण्डर नियुत्तः गरियो । 

७. एप्पलले पहिलो पटक म्याक कम्प्युटरमा आइ अक्षरको प्रयोग गरेको थियो र यसलाई आइम्याक नामबाट लन्च गरेको थियो । यसलाई लन्च गर्दै स्टिभ जब्सले भनेका थिए ‘जब म्याकिन्टोश फेल भयो त्यसपछि हामी यस्तो कम्प्युटरमा काम गरिरहेका थियौं जसमा इन्टरनेट प्रयोग गर्न सकियोस् । त्यसैले इन्टरनेटको पहिलो अक्षर आइ म्याकको नामको अगाडि जोडिएको थियो । त्यसपछि एप्पलका हरेक उत्पादनमा आइ प्रयोग गर्न थालियो जस्तै आइफोन, आइप्याड ।

८. स्टिभ जब्सले १ हजार जनाको एक टिम बनाए जसलाई आइफोन बनाउने काम दिइयो । यो प्रोजेक्टको नाम प्रोजेक्ट पर्पल राखिएको थियो । यो प्रोजेक्ट पूर्ण रुपमा गोप्य थियो । यहाँसम्म कि कम्पनीका अन्य कर्मचारीलाई समेत यसबारे जानकारी थिएन । १ हजार कर्मचारीले गातार ३० महिनासम्म काम गरेपछि २९ जून २००७ मा पहिलो आइफोन लन्च गरियो । यसलाई जन्च गर्दै कम्पनीले नारा दिएको थियो ‘यो त केवल सुरुवात हो ।’

९. एप्पलको लोगो आधा टोकिएको स्याउ छ । यसको पछाडि पनि एक कारण छ । जब्सका अनुसार एकपटक उनी स्याउको फर्मममा गएका थिए । त्यहीँ उनको दिमागमा यस्तो लोगो राख्ने सोचाइ आएको हो । तर भनिन्छ कि एपलको लोगो वास्तवमा कम्प्युटिङका संस्थापक एलर ट्युरिङलाई श्रद्धाञ्जली दिनको लागि राखिएको हो । एलर ट्युरिङले साइनाइड खाएर आत्महत्या गरेका थिए र उनको लाशसँगै एउटा आधा टोकिएको स्वाउ भेटिएको थियो । यही कारण एपलको यो लोगो राखियो । 

१०. एप्पल संसारको सबैभन्दा ठूलो कम्पनी हो जसको बजार मूल्य १ ट्रिलियन डलर छ । एप्पलको मार्केट भ्यालू स्वेडेन, युएइ, अर्जेन्टिना, टर्की, थाइल्याड, टर्की, ताइवान, दक्षिण अफ्रिका, सिंगापुर जस्ता २२ देशको कूल ग्राहस्थ उत्पादनभन्दा पनि बढी छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष