कविता- 'जब मेरी आमा रोलिन' - हरिमाया अधिकारी खतिवडा

१९ श्रावण २०७५

banner

 

 'जब मेरी आमा रोलिन्' 

 

जब मेरी आमा रोलिन्, हेर तिम्रो हालत् 
पीर मर्का सबै बोल्लिन्, हेर तिम्रो हालत्  ।

आज कुल्च थिच मींच, सीमा सबै नाघ
भोली जब ऊ उर्लेलिन्, हेर तिम्रो हालत्  ।

भाग बडा लाऊ धन, पालै पालो गर्दै 
जब हिसाब सबै गर्लिन्, हेर तिम्रो हालत् ।

सोझा साझा जनतालाई, थिचो मिचो गर्छौ 
जनसागर बनी देलिन्, हेर तिम्रो हालत ।

पापी भ्रष्ट्रचारीहरू, कति गर्छौ झेली 
प्रतिसोध जब लेलिन्, हेर तिम्रो हालत ।

बिपद कति आएरनी,  अझै चेत नआएको 
दैव लाग्दा आंशु झार्लिन्, हेर तिम्रो हालत ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष