कविता- देश आफै बन्दछ- राजबाबु श्रेष्ठ

२० श्रावण २०७५
banner

         कविता

 

जताततै ढुङ्गा मुढा बर्सिन थाले
भत्किए पौवा पाटी अनि
सडकमा लगाइएका बारहरु
रोडमा ठिङ्ग उभिएका
मुर्कुट्टा झैँ मक्किएका काठका खामोहरुमा
माकुरोको जालो जेलिए जस्तै सपनाका
ती नाङ्गा तारहरु
एक हुल आएर अचानक हल्लाउन थाल्द छ
र ढाल्द छ ती मक्किएका आस्थाका पोलहरु
अनि गरिबका सपनाका महलहरु
गुन्जिन्छ नाराहरु
जिन्दावाद, मुर्दावादर मुर्दावाद, जिन्दावाद
फेरि अर्को हुल आएर ढाल्द छ
चार दोबाटोमा ठिङ्ग उभिएर बसेका
सेतै केस फुलेका हजुरबाहरु र तप्प तप्प
चुहिन थाल्द छ आमाको नयनबाट
वेदनाका आँसुहरु।


जुलुस अगाडि बढ्दै छ  
देश बनाउने नारा गुन्जिदै छ
एउटै आमाका वीर छोराहरु एकर्कामा
धारिलो तरबारको सस्तो बलि बन्दै छ
रङ्गिए रकताम्य भई आकाशमा
मडारिएका आशाको कालो बादलहरु
आस्थाका भगवानहरु बाट नै
झुन्डिए घाँटीमा मान्छेका निर्दोष ती टाउकाहरु
किनकि अचेल मन्दिरमा
पूजाको बलि दिन महङ्गो पर्दो रहेछ
बलिका बोकाहरु
यहाँ केवल छ त निर्दोष मान्छेका
सस्तो टाउकाहरु ।


दिनदिनै घट्दै छन् लास बोक्ने मलामीहरु
बन्दुक बोक्नेले बन्दुक बिसाए
नबोक्नेले बोके छातीमा हिँसाका
बारुदको गोलाहरु
भड्काए हिँसा जताततै जातिय र धर्मको
मन्दिर र मस्जिदमा शत्रुताको शोलाहरु
नारा गुन्जिन्छ फेरि देश बनाउनेको
राष्ट्रियताको
तर देख्दिन म हातमा कसैको झन्डा
चन्द्र र सूर्यको
छ त फगत आँखामा कालो पट्टी र हिँसाको खुर्पा स्वार्थको ठूलो एउटा रातो तूल  
जसमा लेखिएको छ ु'आऊ बुद्ध देश बनाऊ' ।


ए मूर्खहरु हो ! 
बुद्धकोको नाउँमा हिँसा मच्चाएर
कसरी देश बन्दछ ?
शान्तिको नाउँमा बारुदको तोप पड्काएर
कसरी शान्ति आउँदछ ?
बनाउनु नै छ भने देश पहिले
ढलेका स्वाभिमानको पर्खालहरु उठाउन सिक
बनाउनु नै छ भने देश पहिले
आफ्नै आमाको मिचिएका सिमानाहरुमा
स्वाभिमानका स्तम्भका दसगजाहरु गाड्न सिक ।

बनाउनु नै छ भने देश पहिले कालो रातमा
जूनले आफूलाई जिस्क्याई रहने आफ्नै घरको
छानो टाल्न सिक
स्वार्थको निस्पट्ट अँध्यारोलाई
आफ्नै निस्वार्थ खुट्टाले टेकेर पूर्वमा उदाउने सूर्य
आफ्नै हतकेलामा बाल्न सिक
बदल्नु नै छ भने देश पहिले
असमझदारीका बारुदको तोपलाई डढेलो लगाऊ
रोप्नु नै छ भने शान्तिको बीज देशमा  
रोप टुडीखेलमा बोधिबृक्ष
बुद्ध फेरि जन्मि रहनु पर्दैन ।


देशलाई माथि उठाउनु नै छ भने
ब्युँझाउ गएर ती आत्माहरुलाई जो कुम्भकर्णको
निद्रामा झैँ सुतिरहेका छन्
नयाँ नेपालको निर्माण नै गर्नु छ भने
उठाऊ गर्ल्याम्म ढलेका सत्यनिष्ठाको धरोहर
गर सुरक्षा अस्मीताको आफ्नै दिदी र बहिनीको
बोक झन्डा सिङ्गो राष्ट्रियताको  
चौडा बनाऊ साँगुरिएका विचारका बाटोहरुको
उठाऊ गुम्बा शान्तिको
लगाऊ जुलुस स्वाभिमानी क्रान्तिको
नारा लगाइरहनु रहनु पर्दैन शान्ति आफै आउँदछ ।


हुँदैन जहाँ केही
जसले आफ्नै आमालाई ढाँट्द छ
हुन्छ त्यहाँ सबै चीज
आफै भित्र बसिरहेको विषालु स्वार्थको सर्पलाई
आफ्नै स्वविवेकको धारिलो तरबारले काट्द छ
के सम्भव हुन्न र त्यहाँ रु
जहाँ पसिना र रगतको रङ्ग एक भई
जसले आफ्नो देशको पहिलो जग खन्द छ
त्यसैले त बनाई रहनु पर्दैन
देश आफै बन्दछ ।

राजबाबु श्रेष्ठ 'सागर'
महोत्तरी, गौशाला नगरपालिका, वडा न. १
सेल नम्बर ९८६११९६९६६

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l