गजल- नारी माथि अत्याचार कहिले सम्म सरकार ?

२० श्रावण २०७५
banner

                  गजल

नारी माथि अत्याचार कहिले सम्म सरकार ?
हत्या हिंसा बलत्कार कहिले सम्म सरकार ?

पढ्न गाकि बालिकाका अस्मिता लुटिन्छन्
यस्ता घट्ना बारम्बार कहिले सम्म सरकार ?

दोषीहरु खुलेआम सम्मान स्वरुप घुम्दा
सुरक्षा निकाय लाचार कहिले सम्म सरकार ?

अपराधीको विरुद्धमा आवाज उठाउने
जनता माथि दुर्व्यबहार कहिले सम्म सरकार ?
 
मानबता हरायो मान्छेबाट बिश्वास हरायो
भाई भाईमा काटामार कहिले सम्म सरकार ?

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)
मंगल्सैन ४ अछाम हाल-फुजैराह यूएई

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli