राष्ट्रिय सभा बैठक : सरकारी रकममा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न माग

२३ श्रावण २०७५
banner

फाइल फोटो

काठमाडौं। राष्ट्रिय सभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरामा हलिया मुक्त पुनस्थापन कार्यक्रम अन्र्तगत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको भन्दै दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्य स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दानबहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगत हलियालाई उपलब्ध गराइएको रकमबाट प्रतिव्यक्ति २० हजार का दरले ३ करोड ३८ लाख रुपैयाँ घुस लिएको प्रमाणित भइसकेको भन्दै कडा कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेको र त्यही बहानामा छुट दिने काम नहोस् भनी उनले सरकारको ध्यानाकर्षण गराए। उनले घुस लिने काममा संलग्न सबैलाई कडा कारवाही गर्न माग गरे।   

डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनस्थापित भईसकेका छन् भने  २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सेवा लिने क्रममान छन्। हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार , मर्मतका लागि १ लाख २५ हजार  र जमिन खरिदका लागि २ लाख रुपैयाँ  जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउदै आएको छ।

सरकारले सरकारी निकायमार्फत नै उपलब्ध गराएको रकममा भ्रष्टाचार र घुसखोरी हुनु दुखद भएको भन्दै उनले दोषिमाथि कारवाही गरि पीडीतलाई न्याय दिन सरकारसँग माग गरे।
 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l