अख्तियारले दुई कर्मचारीलाई घुस लिदा लिदै समात्यो

२३ श्रावण २०७५

banner

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई अख्तियार टोलीले कार्यालयमै पक्राउ गरेको हो।

बुधबार उनीहरुलाई १५ हजार घुससहित पक्राउ गरिएको हो । नागार्जुन नगरपालिकाको विवाद मिलाइदिने भन्दै उनीहरुले घुस लिएका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »