दिउँसो २ बजे उड्ने तयारी गरेको नेपाल एयरलाइन्सको विमान दिल्लीमै अलपत्र

२३ श्रावण २०७५
banner

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडान भर्न लागेको नेपाल एयरलाइन्सको वाइड बडी विमान इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमै रोकिएको छ। 

आज बुधबार दिउँसो २ बजे नै उड्नुपर्ने विमान रोकिएपछि यात्रुहरु आक्रोशित भएका छन्। खासमा दिउँसो २ बजे नै उडान भर्नुपर्ने विमान अहिलेसम्म किन रोक्कियो भन्ने पूर्ण जानकारी नआएपनि उडान अनुमतिको कागजातमा केही समस्या भएको दिल्ली विमानस्थल स्रोतले जनाएको छ।

नेपाल वायुसेवा निगमको विमानलाई ट्रान्जिट गर्ने इन्जिनियर नभएपछि विमान दिल्लीमै रोकिएको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ।स्रोतकाअनुसार आज साँझ थाइल्याण्डको बैंककबाट आउँने बोइङ ७५७ विमानका इन्जिनियर दिल्ली आईपुगेपछि मात्रै रोकिएको वाइड बडी काठमाडौंतर्फ उड्ने भएको छ। 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।