एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली मलेसिया प्रस्थान

२३ श्रावण २०७५

banner

काठमाडौँ । इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि आज मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ। खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन प्रशिक्षण गर्नेछन्।

त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकाले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ। पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षक भूषण बज्राचार्य र प्रणव खनाल रहेका छन्।

महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा रहेको टेनिस संघले जनाएको छ। एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउनेछ। लनटेनिसमा नेपालले सन् १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो। सहभागिताको यात्रा सन् १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो। 

त्यसपछिका लगातार चार संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएको थिएन। चीनको ग्वान्झाव एसियाडदेखि भने नेपालको सहभागिता पुनःनिरन्तर छ। 

लनटेनिस टोली आगामी भदौ १ गते मलेसियाबाटै इण्डोनेसिया जाने तालिका छ। एसियाडअन्तर्गत लनटेनिस भदौ ३ देखि १० गतेसम्म हुनेछ।टोलीलाई नेपाल टेनिस संघकी अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा लगायतले बिदाइ गरेका छन्।।

Leave a reply

HTML Tags are not supported

Post My Comment »