गोक्यो हिमतालमा डुवेर बेपत्ता भएका ३ विद्यार्थीमध्ये १ को शव फेला (भिडियो सहित)

२३ श्रावण २०७५
banner

सोलुखुम्बु। सोलुखुम्बुको गोक्यो हिमतालमा डुवेर बेपत्ता भएका ३ जना विद्यार्थीमध्ये एक जनाको शव फेला परेको छ।

काठमाडौंबाट आएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको मध्ये एक जनाको शव निकाल्न सफल भएका छन्।

शसस्त्र प्रहरीको गोताखोर टोलीले गत शनिवार पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी पेम्बानुरु शेर्पाको शव निकालेको हो।

बुधबार बिहान ९ः४५ देखि खोजीकार्य सुरु गरेको टोलीले मध्यान्ह १२ बजेतिर पेम्बाको शव निकालेको सोलुखुम्बुका प्रहरी निरीक्षक हरणकुमार यादवले जानकारी दिए। अझै बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खुम्जुङ माद्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा ३ जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका हुन्।

(हेर्नुहोस् भिडियो)

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli