'जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय'को सेमिफाइनलमा ४ विद्यालय प्रवेश

२३ श्रावण २०७५

banner

भक्तपुर । युवाका साथ साथ आवाज नेपालको आयोजनामा सञ्चालित जिल्ला व्यापी यु - १६ अन्तरविद्यालय खेलको सेमिफाइनलमा ४ विद्यालयहरु प्रवेश गरको छन्। 

जसमा मोर्डन वोडिर्ङ्ग मा वि, क्याडिन्डड इन्टरनेसनल, प्रेसियस पब्लिक इङ्गलिस स्कुल र जनप्रेमी माध्यामिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका हन्।

३२ वटा विद्यालय समावेश भएको खेलमा सेमिफाइनल र फाइनल खेलहरु बिहीबार हुनेछन्। ३ दिनसम्म सञ्चालन हुने उक्त खेलमा प्रथम, द्धितीय  र तृतीयलाई नगद सहित, टर्फी, मेडल र प्रमाणपत्र सहित सम्मान गरिने आयोजकले जानकारी गराए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »