मेडिकल कलेज बारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक होस्

२३ श्रावण २०७५

banner

नविन यादब

नेपाल सरकारको आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलले स्थलगत अनुगमन गरिसके पश्चात मात्रै विदेशका मेडिकल कलेजमा नेपाली विद्यार्थीहरुको भर्ना लिने अनुमति दिनुपर्ने प्राब्धान छ र त्यसपछि मात्र मेडिकल शिक्षा अध्ययन गर्न चाहनेले विदेशका मेडिकल कलेजमा पढ्न स्वीकृति पाउने प्राब्धान छ।

आफ्नो व्यक्तिगत स्वार्थका निम्ति नेपाल मेडिकल काउन्सिल, केहि नेपाली कन्सल्टेन्सी एवं विदेशी मेडिकल कलेजहरुको मिलेमतोमा मापदण्ड नपुगेका विदेशी मेडिकल कलेजलाई अनुमति दिइसके पछि यसले मेडिकल पढ्न विदेश जाने विद्यार्थीलार्इ सत्य तथ्य सूचना पाउनबाट बन्चित बनाउदै आएको छ।

जसको फलस्वरूप आफ्नो जन्मभूमि एवं आमबुवाबाट टाढा बसेर पनि राम्रो डाक्टर बनि स्वदेश  फर्केर समाज र देशको सेवा गर्ने हजारौं नेपाली युवाहरुको लक्ष्य त्यति बेला समाप्त हुन्छ जब हाम्रो आफ्नै देशको सरकारी निकायबाट स्वीकृत लिएर पढ्दै गरेको मेडिकल कलेज बिचमै कालो सुचीमा पर्न जान्छ।

यसले वर्षेनी  हाम्रै देशका हजारौं निर्दोष नेपाली विद्यार्थीहरु समस्यामा पर्न बाध्य भइरहेका छन् विदेशी भूमिमा। तर पनि  किन मौन छन् सरकार र सम्बन्धित निकाय?

यसरी नेपाल मेडिकल काउन्सिलकै लापार्वाहीले कालोसूचीमा परेको कलेजमा पढ्न विवश सबै नेपाली विद्यार्थीहरुलाई मापदण्ड पुगेका योग्य मेडिकल कलेजमा माइग्रेशन गर्न किन कुनै कदम चालिएन ? नेपाल सरकारकै सम्बन्धित निकाय नेपाल मेडिकल काउन्सिल किन मौन छन् त?

अनि आज यी कुराहरुलाई लिएर सरकारसंग न्यायको माग गर्दै गर्दा केहि मिडिया, कन्सल्टेन्सी एवं  अन्य केहि पात्रहरुको हतोत्साहित पार्ने टिका टिप्पणीहरुले हामीलाई झन् सशंकित बनाएको छ।

नेपाल मेडिकल काउन्सिलको न्यायिक एवं निस्पक्ष अनुगमन बिना नै अयोग्य मेडिकल कलेजलाई स्वीकृति दिनु कतिको जायज हो? र यसबाट हाम्रा नेपाली विद्यार्थीहरुमा हुन गएको असहय अन्यायको जिम्मा कसले लिने? तसर्थ पीडित नेपाली विद्यार्थीहरुलार्इ नेपाल सरकारले स्थानान्तरण गर्नुपर्ने माग राख्नु कतिको नाजायज हो?

नेपाल सरकारकै अधिकारिक निकायबाट भएको अन्यायका कारण मापदण्ड न पुगेको कलेजमा इनटर्नशीप गर्नुपर्ने समस्यालाई सरकारले जवाफ दिनुपर्ने माग राख्नु के नाजायज हो? नेपाल सरकारले आफ्नै जिम्मामा नेपाल सरकारको अधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलको  स्वीकृतिबाट अयोग्य मेडिकल कलेजमा अध्ययनरत बाध्य बनाइएका नेपाली विद्यार्थीहरुको इनटर्नशीप मापदण्ड पुगेका योग्य मेडिकल कलेजमा व्यवस्थापन गर्नैपर्छ कि त नेपालकै मेडिकल कलेजमा यसको व्यवस्था गर्नुपर्छ?

मापदण्ड पुगेका योग्य विदेशी मेडिकल कलेज र मापदण्ड नपुगेका अयोग्य विदेशी मेडिकल कलेजका विषयमा नेपाल सरकारको तर्फबाट न्यायिक छानबिन भइ बिदेशका मेडिकल शिक्षा अध्ययनन अध्यापनका बिषयमा सरकारको अधिकारिक धारणा तत्काल सार्वजनिक गरियोस्।

हरेक सोचाई र झुटमा परिणत भएको छ र हरेक झुठलार्इ सच्चाई बनाइएको छ। हरेक सोचाई, हक र अधिकारको चिजलाई राजनीति तरिकाले मात्र नहेरियोस् हामीले यति बुझेका छौ कि राजनीति र सचाई बिल्कुलै फरक कुरा हुन्।

चेतना भया। जय देश। धन्यवाद।

Leave a reply

HTML Tags are not supported

Post My Comment »