झाँक्रीले गुफाभित्र बन्दी बनाएर १५ वर्षसम्म गरे यौन शोषण, यसरी निस्किइन् बाहिर

२४ श्रावण २०७५

banner

बीबीसी । इन्डोनेसियामा १५ बर्ष सम्म गुफामा रहेकी एक महिलाको उद्धार गरीएको छ।

इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीया उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको हो । उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए।

८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोर्होयाएको अभियोग लगाइएको छ। ती झाँक्रीलाई यौन शोषण र बालबालिका सुरक्षासम्बन्धी कानुनको अबज्ञा गरेको अभियोग लगाइएको छ।

जगो नामका ती झाँक्री स्थानीय बासिन्दामाँझ कालो जादु गर्ने र वैकल्पिक विधिबाट निको पार्ने व्यक्तिको रूपमा चिनिन्छन्। सन् २००३ मा १३ वर्षीय बालिकालाई उपचारका लागि भनी ती झाँक्रीको घरमा उनको परिवारले लगेका थिए । त्यही वर्ष केही समयपछि उनी गायब भएकी थिइन्।

उनका आफन्तहरूले धेरै वर्षसम्म खोज्ने प्रयास गरे पनि उनी बेपत्ता भएको बताइएको थियो । प्रहरीले खोजेपछि उनी ठूलो ढुङ्गाको पछाडिको सानो भागमा फेला परेको बीबीसीले उल्लेख गरेको छ।

प्रहरीका अनुसार ती बालिका १३ वर्ष हुँदादेखि नै ती पुरुषले किशोरीको बलात्कार गर्थे र त्यो सबै आफूले नभइ आफूमा देउता चढेको र त्यही कारण त्यस्तो भएको उनले बताउने गरेको बीबीसीले जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »