सिपिएलमा सन्दिपको खेल आज, यस्तो छ उनको जर्सी र जर्सी नम्बर

२४ श्रावण २०७५

banner

काठमाडौं । क्यारेबियन प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा आज नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम मैदानमा उत्रिँदैछ । सन्दिपको सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्स आज गुयाना अमेजन वारियर्ससँग भिड्दैछ । 

लिगको दोस्रो खेलमा सेन्ट किट्सको कप्तानी वेष्ट इण्डिजका अलराउण्डर क्रिस गेलले गर्नेछन् भने गुयाना अमेजनको कप्तानी पाकिस्तानी अलराउण्डर सोएब मलिकले गर्दैछन् । सन्दिपको पछिल्लो प्रदर्शन र उनको टिममा भएका खेलाडीहरु हेर्दा आजको खेलमा सन्दिपले खेल्न पाउने सम्भावना बलियो छ । यसैबीच सन्दिपले आफ्नो जर्सी सार्वजनिक गरेका छन् । 

सन्दिपले यो लिगका लागि जर्सी नम्बर २५ नै पाएका छन् । उनले राष्ट्रिय टिमबाट खेल्दा समेत यही नम्बरको जर्सी लगाउँछन् । यो जर्सी नम्बर उनले आफ्नी भान्जीको सम्झनामा लगाउने गरेका हुन् । उनकी भान्जीको जन्मदिन २५ जनवरीका दिन पर्छ । उनकी भान्जीको भने अहिले निधन भइसकेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष