जथाभावी नबोल्न बैंकर्सलाई गभर्नर नेपालको चेतावनी

२४ श्रावण २०७५
banner

काठमाडौं। नेपाल राष्ट्रबैकका गर्भनर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई चेतावनी दिएका छन्। बैकर्स एशोसियसन र सेजनले बिहीबार राजधानीमा गरेको अन्तरक्रियामा  गर्भनर नेपालले समयअनुकुलको फाइदा हेरेर व्यवसायी र बैकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्।

पैसा धेरै भयो राष्ट्रबैकले लिइदिनु पर्यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैकर्स र तरलताको समयमा ऋण नलिएर समयअनुकल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उनले दोहोरो भूमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराए। साढे २ बर्ष अघि मात्रै आफूले व्यवसायीलाई बैकसँग पैसा लिएर काम गर्नु भन्दा नमानेको उल्लेख गर्दै उनले भने, ‘दोहोरो बोल्ने काम नहोस्।’

गर्भनर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायिक ओभर ड्राफ्टमा भने कमी नआएको स्पष्ट पारे। व्यवसायिक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भइरहेको बताए। उनले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए। 

उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तीय क्षेत्रको ध्यानाकर्षण गराए। निर्देशन अनुसार आफूहरुलाई अघि बढाउन सचेत गराउदै उनले भने, ‘राष्ट्रबैक कठोर रुपमा आउनु नपरोस् । अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिस जस्तो गर्नुपर्यो भने के हुन्छ?” उनले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तीय क्षेत्रलाई सचेत गराए। 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli