क्यारेबियन प्रिमियर लिगः सन्दिप लामिछाने आज पहिलो खेल खेल्दै, यसरी हेर्नुहोस् लाइभ

२४ श्रावण २०७५
banner

काठमाडौं । क्यारेबियन प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा आज नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम मैदानमा उत्रिँदैछ । सन्दिपको सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्स आज गुयाना अमेजन वारियर्ससँग भिड्दैछ । लिगको दोस्रो खेलमा सेन्ट किट्सको कप्तानी वेष्ट इण्डिजका अलराउण्डर क्रिस गेलले गर्नेछन् भने गुयाना अमेजनको कप्तानी पाकिस्तानी अलराउण्डर सोएब मलिकले गर्दैछन् । 

सन्दिपको पछिल्लो प्रदर्शन र उनको टिममा भएका खेलाडीहरु हेर्दा आजको खेलमा सन्दिपले खेल्न पाउने सम्भावना बलियो छ । खेल स्थानीय समयअनुसार आज राती हुने भएपनि नेपाली समयअनुसार भने भोलि बिहान पौने ४ बजे हुनेछ । भोलि बिहान पौने ४ बजे सुरु हुने खेल बिहान साढे ६ बजेतिर सकिनेछ । यो खेल नेपालमा स्टार स्पोर्टस २ र स्टार स्पोर्टस २ एचडीबाट लाइभ हेर्न सकिनेछ ।

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।