नेपाललाई चाहिएकाे उधारो रेल कि तेल?

२४ श्रावण २०७५

banner

भक्त डाँगी

नेपालीले आफ्नो संविधान आफैं बनाउँदा विभिन्न वहानामा नाकाबन्दी लगाउनु भारतको सबैभन्दा ठूलो गल्ती थियो। महाभूकम्पले थिलथिलो बनाएको मुलुकमा संधिवानमा आफ्नो चासो सम्बोधन नगरिएको भन्दै भारतले लगाएको नाकाबन्दी लगाउनु कनै पनि रुपमा सही मान्न सकिँदैन।
त्यो नाकाबन्दीको नियत नै खतरनाक थियो।

यसपटक भारतले आर्थिक भन्दा राजनैतिक महत्वकांक्षा सहित नेपालको सार्वभौमिकतामाथि नै धावा बोलेको थियो। यस्तो कठिन परिस्तिथिमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतसँग नझुकी उत्तरी छिमेकी चीनसँग व्यापार तथा पारवहन सम्झौता गर्दाभारत आफूबाट अघोषित नाकाबन्दी कूटनैतिक दवाबमा खोल्न बाध्य भयो र यसरी नेपालमाथि सृजित मानव निर्मित बिपदबाट पार लगाए। निश्चय नै  तत्कालीन प्रधानमन्त्री ओलीले सार्वभौम सत्ता  सम्पन्न नेपालको राजनैतिक हित सुरक्षित राखी  नेपालीको स्वभिमान बताएका थिए र  राष्ट्रवादी नेपाली जनताको मन जित्न सफल भएका थिए। 

अघोषित नकाबन्दीका क्रममा छीमेकी चीनसँग भएको  व्यापार सम्झौता आनुसार तेल र खाद्य सामग्री सडक यतायातद्वारा नेपाल भित्रयाउँदा परेका अनेक व्यवधान कठिनाई सुरक्षा र महँगो लागतले नेपाललाई रेलको आवश्यकता महसूस भयतापनि नाकाबन्दीका क्रममा  जुन स्तरको मानसिक, आर्थिक र मानवीय जनजीवन ठप्प भयो त्यो इंधन आपूर्ति नहुँदा नै भएको थियो।

तीन तहको निर्वाचनमा बाम गठबन्धनलको जीत स्वभाविक थियो। जनतामा नयाँ उत्साह छाएको थियो। चीनसँगको व्यापार तथा पारवहन सम्झौतापछि नेपालमा विकासको ढोका खुल्ने जनताले अपेक्षा गरेका थिए। निर्वाचनपछि करिव दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका केपी ओली भारतभन्दा पहिला चीन भ्रमणमा जाने चर्चा चलेसँगै भारतले विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा पठाएर ओलीको पहिलो विदेश भ्रमण भारतबाटै गराउन भूमिका खेल्यो।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अति महत्वकाँक्षी चुनावी एजेण्डा  अनुसार भारतले रक्सौलदेखि काठमाडौंसम्म रेल नेटवर्कमा सहयोग गर्नुका साथै समुद्रममा पानी जहाज चलाउन निम्ति  नेपालको कोशीबाट गंगा नदी हुदै बंगालको खाडी हुँदै हिन्द महासागरसम्म नेपालको पहुंच  हुन सक्ने र रक्सौलदेखिीअमलेखगंज पेट्रोलियम पाइप लाइन संचालन गर्ने प्रतिबद्धता जनाउँदै नेपाललाई खुशी पार्दै चीनसँगको रेल र तेल सम्झौता कार्यन्वयन हुन नदिन र भारतमै आश्रित बनाउन कुटनैतिक चाल चालेको थियो।

भारत ए नेपाल–चीन रेल नेटवर्क  विस्तार समझौता रोक्न सफल नभएपनि नेपाली जनताकै अति महत्वाकांक्षी र नेपालको लागि आवश्यक इन्धनको समझौता चीनसँग नहुँदा भारतको कुनैतिी जित भएको देखिएको छ।  जुन ओली सरकारको असफलता र नेपालको लागि दुर्भाग्य  हो।

कुनै बेला जनताले आशा र भरोसा गरेका एक राष्ट्रवादी सफल नेता केपी ओलीले जनताको आकांक्षा र आफ्नो चुनावी एजेण्डा अनुरूप चीनसँग रेल समझौता गरे पनि तेल समझौता न गर्दा नेपाली जनतासँग विश्वासघात गरेका छन्। नेपाललाई रेल भन्दा तेल आवश्यक हो। 

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गका लागि सहमति र भारत भ्रमणका क्रममा रक्सौल काठमाडौं रेलमार्ग सहमति गरे पनि यसको कार्यान्वयन भए नेपालले ३०/४० वर्षसम्म वार्षिक साँवा ब्याजबापत ठूलो रकम चीनलाई र भारतलाई बुझाउनुपर्ने देखिएको छ। यसअघि भएको अध्ययनले नेपालतर्फको भौगोलिक अवस्थाका कारण रेलमार्ग बनाउन कम्तिमा पनि ५ खर्ब नेपाली रुपैयाँ लाग्ने देखाएको छ। जसमा नेपालको क्षमता छैन। उधारोको सर्तमा नेपालले ३० देखि ४० वर्षसम्म ऋण चुकाउनुपर्ने अवस्था आउन सक्छ।

यसका बारेमा नेपालले सोच्नु आवश्यक छ। यो रेल नेपाल आए पनि नेपालले यसको कस्तो प्रयोग गर्ने विषयमा पनि सोच्नु आवश्यक छ। चीनका र भारतका लागि नेपाल निर्यातकर्ता मुलुक नभई आयातकर्ता मुलुक हो। नेपालले चीनल र भारतलाई सामान बिक्री गर्न खोजेको हो भने यो हाँसोको विषय हुन सक्छ।

यदि नेपाली जनताले रेलको टिकट पनि किन्न पाउने छैनन् र यस्को आर्थिक लाभ नेपाललाई न मिल्ने भए हाल नेपालमा यसको कुनै आवश्यकता देखिँदैन। यसले नेपालको छिीकी सम्बन्ध विस्तार हुने भए पनि आर्थिक रुपमा परनिर्भरता र छिमेकी उपनीवेशता मात्र बढाउने छ। यदि सकिन्छ भने ढिलो सही तर अफ्नै लगानीमा पूर्व पश्चिम रेलमार्ग बनाउदा ठीक होला। वर्तमान र निकट भविष्यमा नेपाललाई रेलको यति आवश्यकता देखिँदैन्।

यसको विपरित यातायात संचालन उड्नेदेखि गुड्ने सबै साधनलाई इन्धन चाहिन्छ। भान्सा घर होस या रेस्टुरेन्ट इन्धन बिना काम चल्दैन। हामीसँग ग्यास इन्धनको उत्पादन छैन वा सुलभ मूल्यमा स्वदेशी इन्धन उत्पादन गर्न सक्दैनौं भने हामीलाई भारत, चीन वा अन्य राष्ट्रमा निर्भर रहनु नै पर्छ।  तर कोसंग कति निर्भर रहने भन्ने कुरा हामी माथि नै निर्भर गर्छ। भारतसँग परनिर्भता बढ्नुमा हामी आफै पनि दोषी छौं। हामीले मित्र राष्ट्रले गरेको अमैत्री व्यवहार दोहोरिन सक्छ भन्ने तर्फ कहिलै सचेत भएनौं।  विगतका नाकाबन्दीबाट पनि हामीले पाठ सिकेनौं।

हामी आज एक्काइसौ शताब्दीमा बाँची रहेका छौां विकल्पको नाममा हामी दाउराले खाना पकाएर, पैदल यात्रा गरेर ढुंगे युगको जस्तो जीवन यापन गर्न सक्दैनौं। केही दिन वा महिनाकालागि  राष्ट्रियता स्वाभिमानको नाम जसो तसो सहौंला तर यो दीर्घकालीन विकल्प हुन सक्दैन।  कुनै मुलुकले आपूर्ति रोक्छ भने अन्य देशबाट आयात गर्ने विकल्प हुनुपर्छ। अन्यथा देशमा फेरि पनि यस्ता नाकाबन्दी नहोला र देश स्वाधीन रही रहला भन्न सकिँदैन।

चण्डिगढ भारत

Leave a reply

HTML Tags are not supported

Post My Comment »