यी महिलाको पाठेघर थिएन, तैपनि बच्चालाई जन्म दिइन् यस्तो छ कारण

२५ श्रावण २०७५
banner

एजेन्सी। चार पटक गर्भपतन र दुई पटक मृत बच्चालाई जन्म दिएपछि गुजरातकी मिनाक्षीले बच्चा जन्माउने सपना देख्न छोडेकी थिइन्। तर डाक्टरको सहयोगमा २७ वर्षकी मिनाक्षीको सपना पूरा भएको छ।

यूट्रस ट्रान्सप्लान्ट गराउने मिनाक्षी एसियाकी पहिलो महिला हुन् र बच्चाको जन्म त झन खास कुरा हो। डाक्टरका अनुसार यो प्रविधि सफल हुनु मेडिकल पेशाकालागि कोसे ढुंगा सावित हुनु हो।

लगातार खराब प्रेग्नेसीका कारण मिनाक्षीको युट्रस समाप्त भएको थियो। उनी आमा बन्ने संभावना थिएन। तर मिनाक्षीकी आमाले आफ्नो युट्रस मिनाक्षीलाई दिइन्। त्यसपछि युट्रस ट्रान्सप्लान्ट गरियो।

भारतसहित एसियामा यो पहिलो पटक हो जब गर्भाशयमा ट्रान्सप्लान्टमार्फत कुनै महिलाले बच्चा जन्माएको। ग्यालेक्सी केयर लेप्रोकोपी हस्पिटलका निर्देशक डा. शैलेष पुनतांबेकरका अनुसार १२ डाक्टरको टिमले आठ घण्टामा लेप्रोसकेपिक प्रविधिको सहयोगबाट यो सर्जरी सफल भएको हो।

डा. शैलेषका अनुसार युट्रस ट्रान्सप्लान्ट ती सबै महिलाकालागि बरदान सावित भएको छ, जो यस्ता समस्यामा छन् वा बच्चालाई जन्म दिन सकिरहेका छैनन्। 
 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l