पर्वतमा नेकपाको १३५ सदस्यीय कमिटी

२५ श्रावण २०७५

banner

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको। 

पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो। 

पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए। 

“पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,” उनले भने। कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ। 

सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »