डेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, तर टिम भने पराजित

२५ श्रावण २०७५
banner

काठमाडौँ। क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो । 

यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु चलाए । दोस्रो ओभरमा बलिङमा उत्रेका सन्दीपले आफ्नो पहिलो बलमै गुयना अमाजोन वारियर्सका चाडविक वाल्टनलाई ५ बलमा ९ रन बनाएको अवस्थामा आउट गरेका थिए । 

सन्दीपको टिमका लागि ब्याटिङमा कप्तान क्रिस गेलले गतिलो पारी खेले पनि जिताउन सकेनन् । उनले ६५ बलमा ८६ रनको शानदार पारी खेले पनि गुयना वारियर्सले जित निकाल्दै त्यो स्कोरलार्इ छायामा पारिदियो । 

आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दीप सबैभन्दा किफायती बलर पनि बने । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भए । 

खेलको १० औँभरमा पनि सन्दीपले विकेट लिए । दशौँ ओभरको दोस्रो बलमा उनले गुएना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए । मोहम्मेदले १६ बलमा १८ रन बनाएको अवस्थामा सन्दीपले कुपरमार्फत् क्याच आउट गराइदिएका थिए । 

यद्यपित यसअघि सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले पहिले ब्याटिङ गर्दै तुलनात्मकरुपमा कम्जोर प्रदर्शन गरेको थियो । उसले ५ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाएको थियो । १४६ रनको चुनौती पाएको गुएना वारियर्सले १७ औ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित दर्ता गर्न सफल भयो ।  अन्नपूर्णपाेस्ट दैनिक

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।