कामु प्रधानसेनापति थापाले कमाण्ड सम्हाले

२५ श्रावण २०७५

banner

काठमाडौ । २५५ बर्षको इतिहास बोकेको नेपाली सेनाले बिहीबारबाट प्रधान सेनापतिमा पूर्णचन्द्र थापालाई पाएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्री अनिर्वाय अवकासमा जानु एक महिना अघि नै बिदामा बस्ने सैनिक परम्परा अनुसार बिहीबारबाट बिदामा बसेपछि कामु प्रधान सेनापतिको जिम्मेवारी थापाले पाएका हुन्।

प्रधानसेनापति क्षत्रीले बिहीबार नै एक कार्यक्रमको आयोजना गरेर प्रधानसेनापतिको जिम्मेवारी थापालाई हस्तानतरण गरेका छन्। यस अघि नै बसेको मन्त्रिपरिषदको बैठकले भदौ २४ अर्थात बिहीबारबाट कामु प्रधानसेनापतिको जिम्मेवारी थापालाई दिने निर्णय गरेको थियो।

नेपाली सेनाभित्र अब्बल सेनाका अधिकृतको रुपमा चिनिएका थापा संयुक्त राष्ट्र संघको अनुरोधमा सिरियाको गोलानहाइटमा फोर्स कमाण्डरको रुपमा समेत कार्यरत  थिए।

२०३६ सालबाट सहायक सेनानीबाट नेपाल सेनामा प्रवेश गर्नु भएका थापाले कमाण्ड एण्ड स्टाफ कलेज नेपालबाटै गरेका थिए भने भारतबाट नेशनल डिफेन्स कोर्षको तालिम पूरा गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयबाट डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गरेका छन्।
अमेरिका लगायत बिभिन्न मुलुकबाट उच्चसैनिक तामिल प्राप्त गरेका थापाले सैनिक सचिव विभाग, सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण कार्यालयको कमाण्ड सम्हाली सकेका छन्।

लमजुङको गाउंशहरमा २०१७ सालमा भदौ १७ मा मध्यमबर्गिय परिवारमा जन्मिएका थापाका पुर्खाहरुपनि नेपाली सेनामा आवद्ध रहदै आएका थिए। कामु प्रधान सेनापति थापा बर्तमान प्रधान सेनापति क्षत्रीका नातेदार हुन्।

प्रधानसेनापति क्षत्रीले आफ्नो कार्यकालको अन्तिम दिन देशभर नेपाली सेनाका सकल दर्जालाई सम्वोधन गर्दै मुलुकभर बिखण्डनकारी तत्वहरु सलवलाउन थालेकाले सचेत रहन निर्देशन दिएका छन्।

उनले मुलुकमा बिध्वंसकारी घटना घटाएर मुलुकलाई अस्थिरता र द्धन्द्ध तिर लैजाने गिरोह सक्रिय रहेकाले मुलुकको सुरक्षामा गम्भिर चुनौती थपिएको बताए।
आफ्नो ९२ बुदे सम्वोधनमा प्रधानसेनापति क्षत्रीले आफ्को कार्यकालमा भएका सबै प्रगतिको समेत उल्लेख गरेका छन्।

प्रधानसेनापति भएपछि प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेख भएका १० बुदे कार्यक्रम अधिकाशं सफल भएको र केही सफल हुने चरणमा रहेको पनि उल्लेख गरेका छन्।

प्रधानसेनापति थापा बिहीबारबाट बिदामा बसेपछि नेपाली सेनाको कमाण्ड थापाले सम्हाल्ने र आउदो भदौ २४ मा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानसेनापतिको दज्र्यानिचिन्ह प्रदान गरिने भएकाे छ। उनले नेपाली सेनाको कमाण्ड ३ बर्ष सम्हाल्ने भएका छन्। प्रधानसेनापति थापा पछि नेपाली सेनाको कमाण्ड हालका उपरथी प्रभुराम शर्माले सम्हाल्ने लगभग पक्का पक्की जस्तै देखिन्छ।

यता नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौ– तराइ मधेश द्रुत मार्गको जिम्मेवारी बलाध्यक्ष रथी हेमन्तराज कुवरलाई कामु प्रधान सेनापति थापाले हस्तानतरण गरेका छन्। नेपाल समाचारपत्र

Leave a reply

HTML Tags are not supported

Post My Comment »