नेकपाले बनायो १३५ सदस्यीय कमिटी

२५ श्रावण २०७५
banner

पर्वत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको छ। पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनीत पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो ।

पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए।

‘पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ’, उनले भने। कमिटीका एक सय ३० जनाको नामावली शुक्रबार सार्वजनिक गरिनेछ।

सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइनेछ। सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए। रासस

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l