घरको पछाडि जमिन खन्दै गर्दा भेटियो अनौँठो चीज, अचम्मित पार्ने छ वास्तविकता

२५ श्रावण २०७५

banner

एजेन्सी । एक किसानले आफ्नो घरको पछाडि रहेको जमिनमा खेती गरिरहेका थिए। जमिन खन्ने क्रममा उनले अनौँठो बस्तु फेला पारे, जसलाई देखेर उनको होसै उड्यो । 

यो घटना ब्राजिलस्थित मेलेरियो शहरको हो। त्यहाँका एक किसानले जमिन खन्ने क्रममा ६ वटा औँला भएको खुट्टा भेटिएको थियो। उक्त चीज देख्ने वित्तिकै उनी डराए। 

तुरुन्त उनले आफ्नी पत्नीबाट बोलाएर उक्त चीज देखाए। उनीहरुले उक्त खुट्टालाई राक्षसको खुट्टा सम्झिएका थिए। त्यसपछि उनी र उनकी पत्नी त्यस चीजको नजिकै गएर हेर्दा उक्त बस्तुको वास्तविकता पत्ता लाग्यो। 

६ औँला भएको खुट्टा जस्तो उक्त चीज अरु केही भएर एक अनौँठो प्रजातीको आलु थियो। उक्त आलु देख्दा निकै ठूलो र कालो थियो। जुन खुट्टाको आकारको थियो भने त्यसमा ६ वटा औँला पनि रहेका थिए। उक्त आलुको वजन ८ केजी रहेको थियो। ती व्यक्तिले सामाजिक सञ्जालमा उक्त आलुको तस्वीर शेयर गरेपछि निकै भाइरल बन्यो।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष