आश्चर्यजनक भिडियोः जिउँदो मुसाको घाँटीमा उम्रियो भटमासको बिरुवा, जरा भने जमिनमा

२५ श्रावण २०७५

banner

के कुनै जिउँदो प्राणाीको शरीरमा बिरुवा उम्रन सक्छ । त्यसमाथि त्यो बिरुवाको जरा उसको शरीर पार गर्दै जमिनसम्म पुग्दा के त्यो प्राणी जीवित रहन सक्ला । सुन्दा निकै आश्चर्यजनक लाग्ने यस्तै घटना भारतको मध्यप्रदेशमा भएको छ । मध्यप्रदेशको रतलाम जिल्लाको सदरमुकामदेखि १४ किलोमिटरको दूरीमा रहेको नायन गाउँमा यस्तो आश्चर्यजनक घटना भएको हो । 

यो घटना बुधबार दिउँसो थाहा भएको हो । बुधबार दिउँसो किसानले भटमास रोपिएको खेतमा किटनाशक औषधी छर्न गएका बेला यस्तो आश्चर्यजनक घटना देखेपछि त्यसको भिडियो बनाएका हुन् । मुसा देखेपछि ती किसानले नजिक गएर हेर्दा निकै चकित परेका थिए किनकि त्यो मुसा चल्न त चलिरहेको थियो तर त्यहाँबाट कतै जान सकिरहेको थिएन । ध्यानपूर्वक हेर्दा त्यो मुसाको घाँटी छेडेर एउटा भटमासको बिरुवा उम्रिएको देखियो । 

खेतका मालिका दातासिंहका अनुसार उनले जब मुसाको पुच्छर समातेर उचाल्न खोज्दा त्यहाँबाट निकाल्न सकेनन् । बिरुवाको जरा मुसाको घाँटीको वारपार हुँदै जमिनसम्म पुगेका थिए । जरा माटोभित्र फैलिइसकेको थियो । त्यसपछि उनले मुसालाई बिरुवाको जरासमेत उखेलेर घर लिएर आए । उनले त्यहाँ भटमास छरेको ४० दिन भइसकेको थियो र त्यो बिरुवा पनि लगभग त्यत्ति नै दिनको थियो । मुसा अहिले पनि जीवित छ तर भटमासको बिरुवा घाँटीको वारपार भएकोले उसले घाँटी हल्लाउन भने सक्दैन । हेर्नुहोस् भिडियो –

Leave a reply

HTML Tags are not supported

Post My Comment »