साहित्यकार यज्ञनिधिलाई मस्तिष्कघात, स्वास्थ्य अवस्था स्थिर

२५ श्रावण २०७५

banner

काठमाडौँ। साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ।  मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए। दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गाैला प्रत्यारोपण गरिएको थियो।

गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो। 

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए। चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष