जापानकी राजकुमारीको नोभेम्बरमा हुने भनिएको बिहे थप २ वर्षसम्म नहुने, यस्तो छ कारण 

२५ श्रावण २०७५

banner

एजेन्सी। जापानकी राजकुमारी माकोको आगामी नोभेम्बरमा हुने भनिएको बिहे रोकिएको छ । उनको बिहे थप २ वर्षसम्म हुने छैन । उनीहरुको परिवारले नै बिहे २ वर्षको लागि रोकेका हुन् । माकोकी हुनेवाली सासुको ऋणका कारण बिहे रोकिएको बताइएको छ । 

माको राजा अकिहितोकी नातिनी हुन् । उनले गत वर्ष सेप्टेम्बरमा केइ कोमुरोसँग इंगेजमेन्ट गरेकी थिइन् । पेशाले वकिल रहेका केइ र राजकुमारी माकोको भेट विश्व्विद्यालयमा पढाइको क्रममा भएको थियो । जापानमा शाही नियमअनुसार यदि कोही राजकुमारीले आम नागरिकसँग बिहे गरिन् भने राजकुमारीको शाही दर्जा खोसिन्छ । 

उता केइ र माकोले भने बिहेको लागि आफूहरुलाई थप समय चाहिएको बताएका छन् । बिहेको तयारीका विषयमा पनि चिन्ता व्यक्त गरिएको छ । किनकि आगामी अप्रिल ३० पनि राजा अकिहितोले स्वयं राजाको पद छोड्दैछन् । त्यसपछि उनका छोरा राजकुमार नारुहितो राजा बन्नेछन् ।

जापानी मिडियाका अनुसार केइ कोमुरोकी आमाले आफ्ना पूर्व पार्टनरसँग छोराको पढाइको लागि ऋण लिएकी थिइन् जुन तिर्न सकेकी छैनन् । राजकुमारी माकोका मातापिता राजकुमार अकिशिनो र राजकुमारी किको यो कुराबाट चिन्तित छन् । उनीहरुले ऋणको मामिला नसुल्झिँदासम्म बिहे हुन नसक्ने बताएका छन् । 

बिहेपछि माकोको शाही दर्जा समाप्त हुनेछ र उनी सामान्य नागरिकसरह हुनेछिन् । यसवापत सरकारले उनलाई १ सय मिलियन येन आर्थिक सहयोग दिनेछ । अहिलेसम्म केइ र माकोको बिहेको मिति तय भइसकेको छैन । क्योदो न्यूजका अनुसार दुवै बिहे गर्ने फैसलामा अडिग छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष