"भैरे २" को घोषणासंगै अब "भैरे" विदेशमा(भिडियो)

२५ श्रावण २०७५

banner

काठमाडौं । चलचित्र "भैरे" युनिटले "भैरे २"को निर्माण गर्ने घोषणा गरेका छन । चलचित्र "भैरे" युनिटले आज काठमाडौँमा सक्सेस पार्टीको कार्यक्रम आयोजना गरि "भैरे २" निर्माण गर्ने घोषणा गरेका हुन ।

तिन हप्ता अगाडी प्रदर्शनमा आएको चलचित्र "भैरे"लाई दर्शकहरुले मन पराउनुको साथै चलचित्रले राम्रो व्यापार पनि गरेको छ । निर्देशक एभरेस्ट सुर्य बाहोराले निर्देशन गरेको "भैरे" अब विश्वको विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ ।

निर्माता प्रेम प्रसाद पौडेलले निर्माण गरेको चलचित्र "भैरे"मा सुनिल थापा, दयाहाङ्ग राई, विक्रान्त बस्नेत, बुद्धि तामांग, जयनन्द लामा, वर्षा सिवाकोटी, सुरक्षा पन्त, अनुभब रेग्मी लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

Leave a reply

HTML Tags are not supported

Post My Comment »