नेपाल भारत सीमाका ५ सय स्तम्भ गायब, कहाँ गए ऐतिहासिक जंगे पिलर ?

२५ श्रावण २०७५

banner

नेपाल भारत सीमाका करिब पाँच सय स्तम्भहरू हराएका छन् । नापी विभागले ४ वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सिमा अध्ययनमा यस्तो पाइएको हो ।

नापी विभाग अन्तर्गत स्थलरूपी तथा भूउपयोग व्यवस्थापन, महाशाखाका प्रमुख कृष्ण प्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ, अद्यावधि खोज्न भने बाकीँ छ । संख्यामा केही तलमाथि भने हुनसक्छ उनले भने । नदी नालाले सिमा छुट्याएको ठाउँमा स्तम्भ भेटिएका छैनन् जमिनका थोरै मात्र हराएका छन् ।

बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ । उनका अनुसार नियतबस कुनै ठाउँमा बेपत्ता पारिएको छ र कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन् । मेची, नारायणी र महाकाली लगायत ५७ नदीले नेपाल भारत बिच सीमाको काम गरेको छ । नेपाल भारत सीमाको १,८८० किमि क्षेत्रमा  ६४० किमि क्षेत्रमा नदीनाला पर्छन् ।

सापकोटाको अनुसार सन् २०१४ यता सिमा सम्बन्धी प्राविधिक काम गर्न गठित नेपाल भारत संयुक्त बाउन्ड्री, वर्किङ ग्रुप, बी डब्लु जी गठन भएपछि दशगजामा रहेको ८५५३ सम्मको निरीक्षण गर्दा ८०५४ वटा राम्रो अवस्थामा पाएको छ ।

विस्तृत जानकारीको लागि पूरा भिडियो हेर्नुहोस्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »