गिद्दे नजर

२५ श्रावण २०७५

banner

इज्मा पोखरेल

मेरा यी निश्चल आखाहरुमा 

जब उसकोगिद्देनजर पर्छ 

उ लुछ्न थाल्छ मलाइ 

चोक्टा चोक्टा हुनेगरी 

उसको नजरहरु बाट 

आमाले सानो छदा

नजर उतारिदिन लगाइदिने 

त्यो गाजलको टीका

मिथ्या साबित । 

 

मेरो यो सानो कलिलो शरीरमा 

स्तनको परिचय दिदै 

अलिकती उठेको छाति 

जसले म नारी हुनुको प्रतिनिधित्व गर्छ 

त्यसैमा जब उसको गिद्दे नजर पर्छ 

उसका घृणित पुरुषार्थ 

उकुसमुकुस भएर बिस्फोट हुन पुग्छन् 

म दबिन्छु , निसासिन्छु 

बर्बराउछु छोड्दे मलाइ 

कास उसले त्यहा छुदै गर्दा 

मेरो  सुरक्षाको निम्ति     

ती भित्री बस्त्रहरुमा 

तिखा काडाहरु जडितहुन्थे । 

 

भर्खरै १२,१३ भएर 

महिनावारी महसुस गरेकि म 

बल्ल रगतहरुसङ्ग पौडिन सिक्दै गर्दा 

जब उसको गिद्दे नजर पर्छ 

म उसको भार थेग्न सक्दिन 

म उसलाई लात मार्न सक्दिन 

उ लुटिदिन्छ मेरो अस्तित्व 

मेटिन्छ मेरो कुमारित्व 

ओहो , महिनाबारी भन्दा पिडादायक 

त्यो पल त्यो क्षण ......

 

भबिस्यको मिठो कल्पना गर्दा 

कति सुन्दर थिए मेरा सपनाहरु 

मेरा तिनै सपनाहरुमा 

जब उसको गिद्दे नजर पर्छ 

तोडिञ्छ्न मेरा आटहरु तिनै पल

सकिन्छ्न अब मेरो अस्तित्व 

सन्किन्छ्न मेरो डोलि चड्ने रहर 

सकिन्छ मेरो असल नारिको परिचय 

के नारी हुनु नै मेरो दोष हो त ?

काठमान्डू , नेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »