‘बुगीवुगी’ जितेपछि कवितालाई स्कुलमा सम्मान, अटोग्राफ लिनको घुँइचो (भिडियो)

२५ श्रावण २०७५

banner

काठमाडौँ। एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटि शो ‘बुगीवुगी’मा उपाधि जित्न सफल कविता नेपालीलाई यतिबेला भ्याईनभ्याई छ । उपाधि जितेपछि उनी खुसी साट्न निकै व्यस्त देखिएकी छिन् । 

आफूलाई नृत्य सिकाउने गुरु प्रशान्त तामाङका कारण उपाधि जित्न सफल भएको बताउँदै आएकी कविता यतिबेला गुरु प्रशान्तकै साथमा विभिन्न स्थानमा उपाधि पाएको खुसी साट्न दौडिरहेको भेटिन्छिन् । उनी उपाधि जितेपछि उनी गुरुको साथमा कोटेश्वरको काञ्जिरवा स्कुलमा पुगेकी छिन् । जुन स्कुलमा कविताका गुरु प्रशान्तले नै नृत्य सिकाउने गर्छन् । त्यसैले कविता शुक्रबार उक्त स्कुलका विद्यार्थीसँग भेटघाट गर्न पुगेकी हुन् ।

सँधै कवितालाई टेलिभिजनको पर्दामा देखेका विद्यार्थीले विजेता कवितालाई आफ्नै सामु देख्दा निकै खुसी भएका थिए । उनीहरु कवितासँग कम्मर मर्काएर नाचेका समेत थिए । त्यति मात्रै होइन कवितासँग अटोग्राफ लिने विद्यार्थीको समेत ठुलो भिड लागेको थियो । सहभागी विद्यार्थीसँग कविता र उनको गुरु प्रशान्तले कम्मर मर्काउँदा कम्ती रमाइलो देखिएको थिएन । उनलाई उपाधि जितेकोमा स्कुलले सम्मान समेत गरेको थियो । हेर्नुस् भिडियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष