भूकम्पले पूर्ण रुपमा क्षति पुगेका २ सय घर निर्माण सम्पन्न

२५ श्रावण २०७५
banner

काठमाडौँ । भूकम्पले पूर्णरुपमा क्षति भएका २२६ घर निर्माण सम्पन्न भएका छन् । उनीहरूले निर्माण सम्पन्न गरेर तेस्रो किस्ता रकम समेत लिइसकेका छन्।

भूकम्प प्रभावितको घर निर्माण गर्दै आएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको जानकारीअनुसार जिल्लाका सात हजार ३३५ घर धुरीले भूकम्पले पूर्ण रुपमा क्षति बनाएको भन्दै निवेदन दिएका थिए।

एकाइका इञ्जिनीयर सुजन नेपालका अनुसार पाँच हजार ६२६ परिवारले घर बनाउनका लागि पहिलो किस्ताबापत रु ५० हजार लगेका छन् । दोस्रो किस्ता रु दुई हजार ४२८ जनाले लगेका छन्।

तेस्रो किस्ताको भुक्तानीका लागि २४२ जनाले निवेदन दिएकोमा २२६ जनाले रकम लगेको उनले बताए। प्राधिकरणले पहिलो किस्ता घर निर्माणको सम्झौता पश्चात् रु ५० हजार, दोस्रो किस्ता जगको डिपिसीपछि रु एक लाख ५० हजार र तेस्रो किस्ता घर निर्माण सम्पन्न भइसकेपछि रु एक लाख दिने व्यवस्था गरेको छ।

राहत रकम सम्झौता गर्दा वन क्षेत्र र सरकारी जमीनमा बसोवास गरेकाले सम्झौता गर्न पाउँदैनन् । जसका कारण एक हजार ७१५ घरधुरीले अझै पहिलो किस्तासमेत सम्झौता गर्न आएका छैनन्।

नेपालका अनुसार दोस्रो किस्ता लिन आउने लाभग्राहीको संख्या उल्लेखनीय देखिएको छैन । तत्काल राहत पाउने नाममा एकै परिवारका चार जनासम्मले निवेदन दिएको, विभिन्न जिल्लाबाट बसाइँसरी चितवनमा घरनिर्माण गरेका लगायतका कारण दोस्रो किस्ता लिनेको संख्यामा उल्लेख्य प्रगति हुन नसकेको नेपालले बताए।  

सरकारले स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिएको भए पनि स्थानीय तहले प्रभावितलाई राहत दिने विषयमा विभिन्न किसिमका प्रावधान बनाउँदा समस्या आएको उनले बताए।  

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli