
काठमाडौँ । कृषिमन्त्री चक्रपाणि खनालले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन्। शुक्रबार रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले करको विषय सरकारका बारेमा आलोचना गर्ने बहानामात्रै भएको बताए।
मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरूमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएको बताए।
उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महसुस हुनेगरि राम्रो कामहरू गर्ने दाबी समेत गरे । त्यस्तै फरक प्रसङ्गमा उनले कालीमाटी फलफुल तथा तरकारी बजारमा देखिएको सिन्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको पनि जनाए।
भदौ मसान्तसम्म बजारको सुधार हुनुपर्नेगरि आफूले निर्देशन दिएको भन्दै उहाले आफू भदौ २८ गते कालीमाटी बजारको स्थलगत अवलोकनमा जाने पनि जानकारी दिए । उनले संविधानमा उल्लेख भएबमोजिम केन्द्रले प्रदेशलाई अधिकार दिने बताए।