मन्त्रालयका योजना स्थानीय तहलाई हस्तान्तरण गरिने

२५ श्रावण २०७५
banner

काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताएका छन्।

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजननै सङ्घीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको आभास पाउँदैनन्, उनले भने।

मन्त्री खनालले कृषि तथा पशुपछी विकास मन्त्रालयबाट सञ्चालनमा रहेका झण्डै ९० प्रतिशत परियोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसकेको र बाँकी १० प्रतिशत ठूला आयोजना निकट भविष्यमा हस्तान्तरण गर्ने योजना रहेको बताए।

उनले स्थानीय तह र प्रदेश सरकारले गर्ने कतिपय निर्णय अलोकप्रिय हुनसक्छन् त्यसलाई केन्द्र सरकारले सचेत गराउन सक्ने भए पनि हरेक काममा अंकुश लगाउन नसक्ने र नहुने बताए।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l