ओली सरकार महिलाका हक अधिकारप्रति ग्रम्भीर छैन : नेता सिंह

२५ श्रावण २०७५

banner

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानभित्र रहेका महिलाका हक–अधिकारलाई अध्ययन गरेर कमी– कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल महिला संघ काठमाडौँले शुक्रबार काठमाडौमा आयोजना गरेको ७१ औँ स्थापना दिवस तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन ।

उन्ले वर्तमान सरकार महिलाका हक–अधिकारप्रति गम्भीर नभएको आरोप लगाउदै संविधानअनुसार कानुन बनाउन सरकारले आलटाल गरिरहेको बताए । नेता सिंहले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो भूमिका रहेको पनि बताए ।

नेता सिंहले महिला संघले स्थापनाकालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकूल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि संगठन विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा महिला नेतृहरुले कांग्रेसमा ५० प्रतिशत महिला सहभागीता बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »