रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने साँचो होइन : कामपा

२५ श्रावण २०७५
banner

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ। 

काठमाडौँ महानगरपालिकाको भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो।

बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा पनि नभएको थापाले स्पष्ट पार्नुभयो । बैठकमा कामपा प्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित थिए। 

“ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि न त कामपाले सेनालाई जिम्मा दिन खोजेको छ, न सेनाले नै निर्माण गर्न इच्छा देखाएको छ, त्यसैले यो कुरा साँचो होइन । आगामी हप्तासम्म निर्माणबारे निर्णय बाहिर आइसक्छ र निरन्तर रुपमा काम अघि बढ्छ”, थापाले भने ।

विसं २०७२ को भूकम्पको कारण क्षति पुगेको रानीपोखरी गोरखा भूकम्प झण्डै तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणले गति लिन सकेको छैन । यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकिएको छ ।

भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गरेका थिए । कामपाले म्युजिकल फाउण्टेनसहितको रमणीय पार्क बनाउने गरी उक्त पोखरीको माछा बालाजु बाइसधारा सारेको पनि दुई वर्ष बितिसक्यो । 

कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको पुनःनिर्माण शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको छ । सोसम्बन्धी विवाद समाधान गर्न गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो । 

प्रताप मल्लका छोरा चक्रवर्तीन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरी निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।

पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२६० मा सम्पन्न भएको थियो र नेसं ७९० ९विसं १७२७० मा शिलापत्र राखिएको थियो जसलाई नेपाल संवत् ८११ मा न्हुरपुखुर ९न्हु पुखु० भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ। 

मन्दिरका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर९वर्षमा एक दिन भाइटीका दिन मात्र खुल्ने, दिदीबहिनी नहुने दाजुभाइले दर्शन गर्ने०को स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ ।

उक्त कुरा पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । पोखरीमा देशविदेशका १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । ती मन्दिरमा उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश छन् । 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l