काठमाण्डौ। बालगायक हिमेश तामाङ्ग टुहुरो बनेका छन् । हिमेश आफैले गाएको गीत 'टुहुरो २'को भिडियोमा टुहुरो बनेर अभिनय गरेका हुन् । हालै मात्र उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रशान्त पौडेलको शब्द-संगीतमा रहेको गीतको भिडियोमा हिमेशले मर्मस्पर्शी अभिनय गरेका छन् । भिडियोलाई प्रशान्त आफैले निर्देशन गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । छायाङ्कन बासु बरालको छ ।
यसअघि प्रशान्तको 'टुहुरो' बोलको गीत हिट भएको थियो । पहिलो भागको सफलतापछि आफूले अझै मेहनत गरेर यो गीत तयार पारेको पौडेलले बताए । भिडियोमा पौडेलले आफूले पनि अभिनय गरेका छन् ।