रेलिगेसनबिनाको लिग गर्ने आफ्नो निर्णय पुनर्विचार नगर्ने एन्फाको स्पष्टोक्ति

२५ श्रावण २०७५

banner

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनबिनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ। एन्फाका प्रवक्ता किरण राईले एन्फाको तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै यस सिजनका लागि तय गरिएको लिगबारेको निर्णय पुनर्विचार नहुने प्रष्टयाउनु भएको हो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पत्रकार सम्मेलन गरी उनले पाँच वर्षको अन्तरालपछि पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि सुरु हुन लागेको जानकारी पनि दिए।

एन्फाले विदेश बिभाग प्रमुख नवीन पाण्डे विदेशी नागरिक नभएको दावी पनि गरेको छ। प्रवक्ता राईले पाण्डे गैरआवासीय नेपाली भएको र गैरआवासीय नेपालीसँग सहकार्य गर्न उनलाई विदेश विभाग प्रमुखका नियुक्त गरिएको पनि स्पष्ट पारे। 

एन्फाको विशेष साधारणसभा आगामी साउन ३० गते चितवनमा हुँदैछ। प्रवक्ता राईले विशेष साधारण सभाले संघीयता अनुकूल एन्फाको विधान बनाउने पनि जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष