चितवनमा चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग

२५ श्रावण २०७५
banner

रत्ननगर । रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई शुक्रवार खाद्यान्न सहयोग गरिएको छ।

जर्मनीका रहेको किन्डर हाइफ नेपाल–जर्मनी नामक संंस्थाले एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको छ। संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल, संरक्षण अधिकृत सन्तोष भट्टराई, प्राविधिक आनन्द थापा खाद्यान्न लिएर केन्द्रमा पुगेका थिए।

वडा नं.११ का वडा अध्यक्ष शशिभक्त न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा सदस्य कुलबहादुर गुरुङ, पञ्चतेज ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर थापा लगायतको रोहबरमा चेपाङ वालवालिकाहरुका साथ केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सो सामाग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष न्यौपानेले संरक्षण केन्द्र आफ्नै वडामा रहेकाले यो रत्ननगर नगरपालिकाको गहना भएका कारण यसको संरक्षण, अनुगमन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l