लोकगायिका जानकी तारामी मगरको रोचक प्रेम कथा

२५ श्रावण २०७५

banner

काठमाडौं । लोकगायिका जानकी तारामी मगर गायक पशुपति शर्मा संगै गीत गाएपछि विशेष चर्चामा आएकी थिइन्। पशुपति शर्मासंगका गीत 'कार किनेर ल्याऊ',  'ढाड दुखेर मार्यो', 'पानी पुरी' लगायत गीत चर्चामा रहेका छन्।

गायिका जानकी तारामी मगरको विवाह दुई वर्ष अगाडी भगवान थापासंग भएको थियो। काठमाडौंको एउटै टोलमा बस्दा चिनजान बढेपछि उनीहरुको विवाह भएको थियो। सामाजिक कार्यमा सहभागी हुँदा चिनेपछि जानकीले भगवान थापा राम्रो र सहयोगी लागेर फोन नम्बर मागेकी थिइन् । त्यसपछि सामाजिक संजाल मार्फत उनीहरुको सम्बन्ध अगाडी बढेको थियो।

जानकीलाई भगवान थापाले सहयोग गरेतापनि उनले साँच्चिकै आफूलाई मन पराउँछन् या यत्तिकै ख्याल राखिरहेका छन् , फ्लर्ट गरिरहेका छन् भन्नेमा उनी दुविधामा थिए। तर भ्यालेन्टाइन डेमा स्याङ्गजाको कार्यक्रमका लागि गएकी जानकीलाई भेट्न उनी काठमाडौं देखि झोला भरि उपहार र चकलेट लिएर गएका थिए । त्यसपछि जानकीलाई उनको प्रेमप्रति विश्वास बढेको थियो।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »