
काठमाडौं । सामाजिक संजालमा अहिले रमेश प्रसाई नाम लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजीक संजालमा सामजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्छन्।
रमेश हुमागाईं स्नातक तहका विद्यार्थी हुन्। उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम संचालक पनि हुन्। उनको आवाज श्रोतामाझ लोकप्रिय छ। हुमागाईंले कविता समेत लेख्छन्। उनले सामाजिक संजालमा कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफू भित्रको कुण्ठा बाहिर आउने बताउँछन् । उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरु मार्फत जानकारीहरु लिने बताउँछन्।
कुनै राजनीतिक पार्टीमा नलागेका उनी आफूमा कम्युनिस्ट प्रति आस्था रहेको बताउँछन्। रमेश हुमागाईं हरेक व्यक्तिमा गुण र अवगुण हुने र त्यसलाई चिनेर अगाडी बढ्नुपर्ने बताउँछन्।
उनी आफू आँखा देख्न नसक्ने भएका कारण नेतृत्वदायी भूमिकामा बस्न नसक्ने तर आफूलाई असक्षम नठान्ने स्पष्ट पार्छन्। जीवन देखि निरास भएका युवाहरुलाई उनी आफूले केही गर्न नसक्ने बनेर लडिरहेको व्यक्तिलाई हेरेर आफ्नो सक्षमतालाई चिन्न अनुरोध गर्छन्।