मोडलिङ्ग मेरो रुची हो, अवसर पाए काम गर्छु : प्रदा न्यौपाने

२५ श्रावण २०७५

banner

युएई । स्याङ्जा जिल्लामा जन्मिएकी प्रदा न्यौपाने हाल वैदेशिक रोजगारीको शिलशिलामा युनाईटेड अरब इमिरेट्स युएईमा रहँदै आएकी छन्।

 

नेपालमा हुँदा डकुमेन्ट्री, विज्ञापन लगाएतका भिडियोमा काम गर्दै आएकी न्यौपानेले विभिन्न किसिमका मोडलिङ्ग सम्बन्धी तालिम पनि लिएकी छन्। 

हाल युएईमा बसेर ब्युटिसियनको काम गर्दै आएकी न्यौपाने आफुले अवसर पाएको खण्डमा जस्तोसुकै अभिनय गर्न तयार रहेको समेत बताएकी छन्।

बाल्यकालदेखि नै रुचिको विषय पनि हो, विभिन्न किसिमका ट्रेनिङ पनि गरेकी छु, अनुभव पनि छ त्यसैले अब झन् काम गर्न सहज होला, उनी भन्छिन्। उनले अहिले नै नेपाल फर्किन नसकेपनि आफुँ जहाँ बसेर भएपनि मोडलिङ्ग गर्न चाहेको बताएकी छन्।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »