माल्दिभ्स र भारतबीचको सम्बन्ध बिग्रियाे, चीन बलियो

२६ श्रावण २०७५
banner

बीबीसी। भारतका छिमेकी देशमा चीनको उपस्थिति बढ्दै गएको छ। माल्दिभ्समा सैन्य सरकार आएपछि त्यहाँ भारतको उपस्थिति लगातार कम हुँदै गएको छ। माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनलाई चीनको समर्थन प्राप्त छ।

यामीन सरकारले भारतसँग आफ्नो देशबाट सैन्य हेलिकप्टर फिर्ता लैजान भनेको छ। जुन महिनामा भारतसँग भएको करार सम्झौता समाप्त भएको र सो करार नविकरण गर्ने पक्षमा आफू नरहेको माल्दिभ्सले जनाएको छ।

हिन्द महासागरका दुवै देशमा भारत दशकौंदेखि सैन्य र नागरिक सुविधान प्रदान गर्दै आएको थियो। अब उक्त काम चीनले झन आक्रमक तरिकाले गरिरहेको छ। र भारतले ती देशबाट पछि हट्नु परेको छ। यो वर्ष राष्ट्रपति यामीनले माल्दिभ्समा जब संकटकाल लगाए, त्यसमा भारतले विरोध गरेको थियो। जसलाई राष्ट्रपति यामीनले माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए।

 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l