आहा! कति सुन्दर कुन्छाल गाउँ (फोटोफिचर)

२६ श्रावण २०७५
banner

सबै तस्विरः आर्यन धिमाल

काठमाडौँ। काठमाडौँबाट करिब तीन घण्टाको सवारी यात्रापछि सजिलै पुग्न सकिने एक सुन्दर अनि मनमोहक गन्तव्य स्थल हो कुन्छाल गाउँ। जहाँ गोपाली समुदायको बसोबास रहेको छ।

वरिपरी हरिया डाँडा अनि खेतहरुले भरिएको यो गाउँ मकवानपुरको थाहानगरपालिका–१ मा अवस्थित छ। होमस्टे ट्रेकिङको सम्भावना बोकेको यस गाउँमा रहेका घरहरुले त्यहाँ घुम्न जाने जो कोहीलाई पनि मोहित बनाउँछ।

कुन्छाल गाउँ पर्यटकीय हिसाबले मात्र नभएर ऐतिहासिक दृष्टिले पनि निकै महत्व बोकेको गाउँ हो। प्रचारप्रसारकै कमीले पछि परेको यस गाउँलाई राम्रो प्रचारप्रसार गर्ने हो भने उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्ने यहाँका स्थानीयहरु बताउँछन्।

गाउँमा मानिसहरु गाईपालनसँगै खेतीकिसानी गरेर जिविकोपार्जन गरिरहेका छन्। विशेष गरेर यहाँका मानिसहरु व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l