नेपाल परिवार दलका अध्यक्ष ढकालद्वारा भारतीय सांसदसँग अन्तरक्रिया

२६ श्रावण २०७५
banner

नयाँ दिल्ली। दुइ दिने दिल्ली भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भारतका  सत्तारुढ तथा बिपक्षी दलका सांसदसँग अन्तरक्रिया गरेका छन्।  नयाँ दिल्लीस्थित संसद भवनमा भएको छलफलमा भारतीय जनता पार्टी, इन्डियन राष्ट्रिय कांग्रेस लगायतका लोकसभा र राज्यसभाका करिब २ दर्जन सांसदहरु सहभागी रहेका थिए। 

प्रमुख अतिथिको रुपमा आमन्त्रित ढकालले अन्तरक्रियामा बोल्दै नेपालको सफल शान्ति प्रक्रिया र निर्बाचित संबिधान सभावाट जारी संबिधान आधुनिक विश्वकालागि एक महत्वपूर्ण उपलब्धि भएकाे बताए। ढकालले नेपाल छिमेकी र सबै मित्र राष्ट्रसँग अत्यन्त सुमधुर सम्बन्ध कायम राखी आर्थिक संमृद्धिको बाटोमा अग्रसर हुन चाहेको  उल्लेख गरे।

पूर्व मन्त्री ढकालले पारस्परिक भलाइ र विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिए। ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  छिमेकी मित्रराष्ट्रसँगकाे सन्तुलित सम्बन्धलाइ महत्वमा राखेको भन्दै वर्तमान सरकारको पालामा नेपालको भारत र चीनसँगको सम्बन्ध इतिहासमै सबभन्दा राम्रो रहेको जिकिर गरे। गत निर्बाचनमा तत्कालीन नेकपा एमालेसँग ३ बुदे सहमति गरी वाम गठबन्धनलाई सहयोग गरेको परिवार दलले ओली नेतृत्वको सरकारलाई पनि समर्थन गरेको छ।

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l