अमेरिकामा विद्यार्थी नीतिमा कडाइ, नियम तोड्ने विदेशी विद्यार्थीमाथि १० वर्ष प्रतिबन्ध

२६ श्रावण २०७५
banner

एजेन्सी। अमेरिकाले अन्य देशका विद्यार्थीहरुमाथि लागू हुनेगरी विद्यार्थी नीतिमा कडाइ गरेको छ । यसको उल्लंघन गरेको भोलिपल्टै विद्यार्थी र उनका परिवारको अमेरिका बसाइ गैरकानुनी हुनेछ । त्यतिबेला उनीहरुको भिसा अवधि समाप्त नभएको भए पनि नियम उल्लंघन गरेमा तत्काल भिसा समाप्त भएको मानिनेछ । यो नयाँ प्रावधान ९ अगष्टदेखि लागू गरिएको छ । 

यसअघि दोषी प्रमाणित भएपछि मात्र अमेरिका बसाइ अवैध मानिने प्रावधान थियो । नयाँ नीतिअनुसार अवैध रुपमा १८० दिन अमेरिकामा बस्नेहरुलाई पुनः अमेरिका प्रवेशका लागि १० वर्षसम्मको प्रतिबन्ध लगाउने व्यवस्था छ । कुनै पनि विद्यार्थीले संस्थानलाई पूरा समय नदिएमा स्टुडेन्ट स्टाटसको उल्लंघन मानिनेछ  पढाइ पूरा भइसकेपछि पाइने ग्रेस समयभन्दा धेरै अमेरिकामा बस्ने वा त्यहीँ जागिर गर्दा पनि कारवाही भोग्नुपर्नेछ ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l