होस्टलको बाथरुममा श्याम्पूको बोतलमा क्यामेरा लुकाएर युवतीको अश्लील भिडियो !

२६ श्रावण २०७५

banner

एक गल्र्स होस्टल संचालकले होस्टलको बाथरुममा राखिएको श्याम्पूको बोतलभित्र क्यामेरा लुकाएर होस्टलमा बस्ने युवतीहरुको अश्लील भिडियो बनाएको घटना सार्वजनिक भएको छ । न्यूजिल्याण्ड प्रहरीले ती संचालकसँगबाट ३४ युवतीका २१९ भिडियो क्लिप बरामद गरेको छ । उनले ती भिडियो पोर्न साइटमा अपलोड गर्ने गरेको खुलेको छ । यदि यो अभियोग प्रमाणित भएमा उनलाई १४ वर्षको जेल सजाय हुन सक्छ । 

न्यूजिल्याण्ड प्रहरीका अनुसार ती संचालकले कुनै पनि युवती होस्टलमा बस्न आएपछि उनको बाथरुममा शावर नजिकै श्याम्पूको बोतल राखेर आउँथे । युवती गएपछि उनले क्यामेराबाट फुटेज निकालेर हार्ड ड्राइभमा कपी गर्थे । भिडियो अनलाइन पोस्ट गरेपछि उनी युजरहरुलाई कमेन्ट गर्न पठाउँथे । मुद्दाको सुनुवाइको क्रममा अदालतले भनेको छ कि ३४ युवतीको तस्वीर र भिडियो संसारभर फैलिइसकेको छ त्यसैले आरोपीको पहिचान लुकाउनु जरुरी छ । आरोपीका वकिलले पनि उनको पहिचान खुल्दा उनकी पत्नीले परिणाम भोग्नुपर्ने भएकोले उनको पहिचान लुकाउनुपर्ने तर्क गरेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »