टिपरको ठक्करबाट भक्तपुरमा एकजनाको मृत्यु

२६ श्रावण २०७५
banner

काठमाडौँ। सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए।

ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताए।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।