आजको राशिफल : मिति २०७५ साल साउन २७ गते प्रतिपदा तिथि आईतबार

२६ श्रावण २०७५

banner

मेष : तपाईको मन चंचल हुने छ । कुनै निर्णय लिनुपूर्व अरुको सहायता लिँदा राम्रो हुने छ । काममा सफलताको योग छ । एकाग्र र सर्तक भएर काम गर्दा मनमा सकरात्मक चेतना आउने छ । पेटको समस्या हुन सक्ने देखिन्छ । विना कुनै कारण कसै सँग झगडा अथवा मन मुटाव हुन सक्ने सम्भावना छ त्यसैले ख्याल गर्नुहोला।

बृष : स्वभावमा परिवर्तन भएर तपाँईलाई खुशीयाली बनाउने छ । आजको दिन समयको भने चाप रहने छ । काममा बढि समय व्यस्त रहने देखिन्छ । पारिवारीक सदस्यवाट सहयोग तथा  व्यतmीत्व प्रभावशाली हुनुले समय राम्रो रहेको छ ।

मिथुन : कुनै काम गर्न हतार नगर्नुहोला । यो दिन तपाईँको काममा ढिलाई हुन सक्छ कुनै बाधा भए सावधानी पूर्वक समाधानमा केन्द्रित हुनुपर्ने छ । केही दुर्घटना हुन सक्ने सम्भावना छ । मनमा अशान्ति रहने छ । कसै सँग मतभेद हुनसक्छ ख्याल गर्नुपर्ने हुन्छ। मनमा नकरात्मक विचारले अलि नराम्रो महसुस गर्न सक्नुहुन्छ  । तर, सकारात्मक चिन्तन तपाईले राख्नुपर्ने देखिन्छ ।

कर्कट : साथी भाइ सँगको भेटघाटले तपाईँलाई सकारात्मक उर्जा दिनेछ । भेटघाटमा बनाइएका योजनाले दीर्घकालिक हित गर्नेछ । अन्य कसैका लाग तपाई केही लाभा हुने काम गर्नुहुनेछ । कुनै नयाँ काम गर्नको लागि उर्जा प्राप्त हुने छ । मनमा रहेका विचारहरू बदलिरहँदा कतिपय विषयवस्तुप्रति भ्रम सिर्जना हुन सक्ने छ । व्यापार तथा रोजगारीका लागी जतिसक्दो सहायता तपाईंले पाउनु हुने छ । तपाई भन्दा उच्च ओहोदाका पनि तपाईँलाई सघाउनेछन् ।

सिंह : शारीरिक रूपले अलि कमजोर भएको तपाईंले महसुस गर्नुहुने छ । अल्छीपना देखिने छ । आफ्नै वरपरको , नजिकको साथीबाट आर्थिक लेनदेनमा धोखा हुने छ । अपच तथा अन्य विविध कारणले शारीरिक समस्या हुने छ । आजको दिनमा शिक्षा क्षेत्रमा भने सफलता हासिल हुने योग छ । घरपरिवार तथा जीवनसाथीबाट पनि असहयोग हुन सक्छ ।

कन्या : नयाँ सम्बन्ध स्थापनामा तपाई व्यस्त रहनुहुने छ । कसैलाई सहयोग गर्न पनि तपाई सक्रिय रहनुहुने छ । तपाईँको ध्यान आर्थिक उपलब्धि तिर केन्द्रीत हुने छ । शान्त र शालीन भएर काम गर्नुहुने छ । जीवनसाथीबाट अथाह सहयोग प्राप्त गर्नुहुने छ । घरपरिवारको सहयोग पनि रहनेछ । तर परिवारकै केही सदस्यको स्वास्थ्यमा समस्या आउन सक्ने ठानिएको छ । यो दिनको कुराले तपाइको आत्म विश्वास भने बढाउने छ ।

तुला : अनावश्यक खर्च हुने सम्भावना छ । कामकै सिलसिलामा धेरै समय खर्च हुने छ । बालबच्चाको खर्च पनि बढि हुने छ । बालबच्चाको स्वास्थ्यमा ध्यान दिन जरुरी छ । आज कुनै चोटपटक हुन सक्ने सम्भावना छ त्यसैले ख्याल गर्नुहोला । अचानक हुने कुरा प्रति तपाई चिन्तित देखिनुहुने छ ।

वृश्चिक : आजको दिन स्वास्थ्यको समस्याले तपाईँलाई सताउने छ । परीक्षाको नतिजा नराम्रो आउन सक्छ । केही काम गर्नु पूर्व सल्लाह लिनु जरुरी छ । जीवनसाथी बाट राम्रो सहयोग पाउनु हुने छ । कँही कतै घुम्न जाने कुरा सँग बाट तपाईको मन प्रसन्न हुन सक्छ । समाजमा मानसम्मान हुने छ । इष्टमित्र साथ सहयोगमा समय व्यतीत हुने छ । आजको दिनमा रातो रगंको प्रयोग नगर्दा राम्रो ।

धनु : आजको दिन मिश्रित फलदायी छ । रिस अथवा आवेग प्रति संयम भएर समाधान खोज्नु पर्नेछ । आज कतै यात्रामा नजाँदा राम्रो । नकरात्मक सोचाइ बाट टाढा रहनूस् । सवारी चलाउँदा सावधानी अपनाउनुस् । फजुल खर्च हुन सक्छ । पारिवारीक सम्बन्ध राम्रो राख्नलाई वादविवाद नगर्नुस् ।कार्यालय तिर हामिकहरुले अलि नमिठो बोल्न सक्छन् । यसमा ख्याल गर्नुहोला ।

मकर : फजुल खर्च नगर्नुहोला । मनमा सकारात्मक विचार भए अवरुद्घ रहेको काम पनि सम्पन्न हुने छ । कोही निकटतम व्यतmीहरुको बारे नराम्रो समाचार तपाईंले सुन्न सक्नु हुने छ । हरेक काम सोचर सम्झेर गर्नुपर्ने हुन्छ ।

कुंभ : आजको दिन मध्यम फलदायी रहने योग छ । अधुरो काम पुरा हुने छ । तपाईँको मेहनतको फल भाग्य हुने छ । इष्टमित्र तथा घर परिवारजनबाट सहयोग पाइने छ । घर परिवारमा कुनै शुभ मंलगको कायर्कक्रम हुन सक्छ । जीनवसाथी सँग विचारमा मतभेद हुनसक्छ  । तपाईँको जीनवसाथीको स्वाथ्यलाई लिएर तपाई चिन्तित हुनसक्नुहुन्छ ।

मीन : आज कुनै नयाँ काम सुरु गर्न सक्नुहुन्छ । राम्रो योग छ । आज धन प्राप्तिको योग छ । नकरात्मक विचारबाट टाढाँ रहनुहोला । कहिँ महत्वपूर्ण योजना बन्न सक्छ  । कसैसँगको वादविवाद बाट टाढा रहनुहोला ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »