मृत्यु पछि आफ्नो बिचार छपाउने एक नेपाली युवाको चाहना 

३१ चैत्र २०७३

banner

मेरो धेरै सोच्ने शौक छ । जहाँ मौका मिल्छ त्यहाँ सोच्न थाल्छु । सोच्दै जाँदा कहिले कहिले त म धेरै टाढाको सोच्ने गर्छु। जस्तै आजकल म यो सोचिरहेको हुन्छु कि मरे पछि म के सोचुला रु धेरै मान्छेहरूले भन्ने गरेको सुन्छु कि मरेपछि सबै चिन्ताबाट मुक्त भइन्छ रे। भन्नेहरु गलत त पक्कै भन्दैनन होला जस्तो पनि लाग्छ मलाई। वास्तवमा जिउँदो मानिसको होइन उसको लाशको कुरा गरिरहेका हुन्छन् ती मानिसहरु ।  तर म लाशको कुरा होइन आफ्नो कुरा गरिरहेको छु। 

सर्ब प्रथम म यो जान्न चाहन्छु कि मरेपछि म कहाँ बसेर के कस्तो सोच्ने गरुला रु स्वर्गमा बसेर सोच्छु या नर्कमा बसेर रु  पहिलो कुरा मलाई नर्कमा जान पटक्कै ईच्छा छैन । दोस्रो कुरा स्वर्गमा ठाँउ मिल्छ जस्तो लाग्दैन मलाई ।  किनकी स्वर्गमा त धर्मात्माहरुका लागि पहिले नै बुकिङ भैसकेको हुन्छ भन्ने सुन्छु । अनि मलाई अन्य मानिसहरुले तिमी धर्मात्मा हौ भनेर पनि भन्न सक्दैनन्।

मेरो वरपरका मानिसहरु भन्छन् जसले  स्वर्गमा प्रवेश पाउँदैन  उसलाई नर्कमा पठाइन्छ ।   म त्यस्तो  ठाउँमा जान चाहन्न । म किन जाने त्यहाँ रु  जो मानिस धर्मात्मा होइन उ पापी हुन्छ रे ज्ञ  यस्तो पनि कहि हुन्छ रु मानौ कोहि मानिस धर्मात्मा पनि होइन पापी पनि होइन भने यस्ता मान्छे कहाँ जान्छन् रु  के परलोकमा स्वर्ग अनि नर्क बाहेक अरु कुनै तेस्रो स्थान पनि छ जहाँ अधर्मी मानिसहरुलाई ठेगाना लगाउन सकियोस् रु सोच्नै पर्ने कुरा हो यो हाइन त ?

 तर मेरो प्रश्न यो छ कि म सोचुला के रु यो भन्दा पनि अझ ठूलो प्रश्न यो छ कि म कुन चाहिँ भाषामा सोचुला, नेपाली या हिन्दी, कि चाइनिज, जापानीज, अंग्रेजी रु  यो मजाक होइन ।  मानिसहरु सबै तिता मिठा घटनाहरु, सुख दुखहरु सोच्दछ । तर यो सोच्दैन कि म एकदिन पक्कै मर्ने छु र मरेपछि के सोचुला रु  किनकी आफू मर्ने कुरा त आफू गर्भमा छँदा देखि नै थाहा पाएर आएको हुन्छ मानिस । जन्मिन्छ त मर्नकै लागि । तर जन्मेर मरे पछि सोच्ने कुरा थाहा पाएको हुदैन।

कसैले सोचेको थियो कि उसले एकदिन यो कुरा अंग्रेजीमा सोच्ने छ । मर्नु प्राकृतिक नियम मात्रै नभएर यो एक प्रकारको चलन पनि हो। तपाईले भन्न सक्नु हुन्छ कि यो मान्छेले यो सबै कुरा किन सोच्दै छ रु पागल जस्तो देशमा यस्ता कुराहरू कोहि सोच्दछन रु तब म भन्दछु म त आफ्नो वारेमा सोचिरहेको छु । सोच्ने कुरा बाहेक मलाइ लेख्ने कुरामा पनि शौक छ । तपाई भन्नुहुन्छ भने म खाली दिमाग चाट्ने कुरा मात्रै लेख्दछु।  दिमाग चाट्ने कुरा नै सहि, आखिर लेखेको त छु।

के म मरेपछि पनि लेखिरहन्छु होला तरु अथवा लेखे भने कागजमा छपाउने कसरीरु अथवा छपाउनको पनि सम्भावना हुन्छ भने म माथिबाट पठाउ कसरी रु के माथीबाट यहाँको लागि कोहि हुलाकी आउँछ तरु पृथ्बीबाट परलोकमा आउन सक्छ तर परलोकबाट पृथ्बीमा आउदैनज्ञ कि कुनै कुरियर, फ्याक्स ईन्टरनेटबाट पठाउनेरु कति धेरै प्रश्न रु जति सोच्यो उति धेरै रु मानिसहरू भन्ने गर्छन् कि मरेपछि सबै कामकुरोबाट छुट्टी पाइन्छ। अरुहरुले छुट्टी पाउँछन् होला तर मलाई मिल्दैन हजुर । लाग्छ कि बारम्बार मनमा यो तर्कना आउँछ कि म सोचुला के, लेखुला के रु अथवा लेखेपनी छापिन्छ होला तरु यी प्रश्नहरुको जवाफ मलाई केही थाहा छैन । तर एउटा उपाय मैले सोचेको छु कि म आफ्नो यो विचार म मरेपछी छपाउने छु। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »