नेपाल पर्यटन पत्रकार संघ जुम्लाको अध्यक्षमा शाही चयन

२९ श्रावण २०७५
banner

जुम्ला । नेपाल पर्यटन पत्रकार संघ जुम्लाको नयाँ कार्यसमिति चयन गरिएको छ।

नेत्र बहादुर शाहीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा गोल्डेन बुढा, महिला उपाध्यक्षमा  लक्ष्मी न्यौपाने चयन भएका हुन्।

त्यस्तै सचिवमा सागर परियार, कोषाध्यक्षमा शान्तिमाया खत्री र सह सचिवमा शुभाकर विश्वकर्मा निर्बिरोध चयन भएका हुन्।

नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशकी महिला उपाध्यक्ष दिलमाया शाहीको अध्यक्षतामा तथा पत्रकार महासंघ जुम्लाका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीको प्रमुख आतिथ्यतामा बसेको भेलाले उक्त कार्य समिति चयन गरेको हो।

उक्त भेलाले ५ सदस्यीय सल्लाकार समिति पनि गठन गरिएको छ। नरेन्द्रनाथ योगी, बरम महत, नौरेते नेपाली, गीता शाही र महतर मानदत्त रावललाई सल्लाकार समितिमा चयन गरेको हो।

त्यस्तै कार्यसमिति सदस्यमा नन्दराम जैसी, रिता आचार्य, स्यानु उपाध्याय, बिजय रावत, हरिकृष्ण महत, अमृत बुढाथोकी मगर र मोहन शाही चयन भएका हुन्।

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |