आजको राशिफल - मिति २०७५ साल साउन ३० गते चतुर्थी तिथि बुधबार

३० श्रावण २०७५

banner

वि.सं.२०७५ साल साउन ३० गते, बुधबार, ईश्वी सन् २०१८ अगष्ट १५ तारिख । नेपाल सम्बत् ११३८, बिरोधकृत् संवत्सर, उत्तरायणं, वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि चतुर्थी,०५ घडी ०२ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र हस्त,३९ घडी २० पला,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त चित्रा । योग साध्य ४७ घडि १९ पला,रातको १२ बजेर ३० मिनेट उप्रान्त शुभ । 

करण भद्रा,बिहान ०७ बजेर ३५ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त वालव । आनन्दादीमा आनन्द योग । चन्द्रराशि कन्या । 

काठमाडौंमा सूर्योदय ५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ४० मिनेट । दिनमान ३२ घडी ४४ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा बिशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिह हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुँनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

थप राशिफलका लागि भिडियो हेर्नुहोस्

Leave a reply

HTML Tags are not supported

Post My Comment »